रवीन्द्र मिश्र नेतृत्वको पार्टी 'विवेकशील साझा' को नाम परिवर्तन

Posted on: 27 Apr, 2019

बैशाख १४, काठमाडौं– रवीन्द्र मिश्र नेतृत्वको पार्टी "विवेकशील साझा" को नाम फेरिएको छ । बैशाख ११, १२ र १३ गते बसेको पार्टीको केन्द्रीय समितिको बैठकले पार्टीको नाम परिर्वतन गर्ने निर्णय गरेको हो । 

यसअघि पार्टीको नाम विवेकशील साझा पार्टी रहेकोमा अहिले फेरेर साझा विवेकशील पार्टी राखिएको छ । 

पार्टीबाट भिन्न भएर गएकाहरुले पनि विवेकशील नाम प्रयोग गरिरहेकाले प्राविधिक जटिलताको अन्त्य गर्नका लागि नाम परिर्वतन गरिएको संयोजक मिश्रले जानकारी दिए । 

यस्तै  पार्टीले भ्रष्टाचार विरुद्ध देशभर अभियान संचालन गर्ने भएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!