सरकारले ५ लाखलाई रोजगारी दिने

Posted on: 03 May, 2019

बैशाख २०, काठमाडौं । सरकारले आउँदो आर्थिक वर्ष २०७६/७७ मा थप ५ लाख रोजगारी सृजना गर्ने घोषणा गरेको छ । संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले पाँच लाख रोजगारी सृजना गर्ने घोषणा गरेकी हुन् । 

प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रभावकारी कार्यान्वयन गरी थप रोजगारी सृजना हुने नीति तथा कार्यक्रममा उल्लेख छ । सरकारले उद्यमशिलता र रोजगारी सिर्जनालाई पनि यो वर्षको नीति तथा कार्यक्रमको मुख्य प्राथमिकतामा राखेको छ । सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभवकारी रुपले कार्यन्वयनमा ल्याउने र सामाजिक सुरक्षा कोषमा योगदान कर्तालाई सुरक्षा नम्बर उपलब्ध गराउने नीति सरकारले लिएको छ।  

त्यस्तै नीति कार्यक्रमले मानवीय क्षमता विकास, उद्यमशीलता र रोजगारी विकास दिगो विकास पर्यावरणीय संरक्षण गर्नेछ।  सरकारले व्यवसायीक, सामुहिक र करार खेतीमा युवालाई आकर्षित गर्ने कार्यक्रम पनि ल्याउने भएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!