विप्लबलाई काठमाडौँमै कार्यालय खोलेर आन्दोलन गर्न किरातीको अपिल (भिडियो सहित)

Posted on: 10 May, 2019

वैशाख २७, काठमाडौँ | नेकपा माओवादी केन्द्रका अध्यक्ष गोपाल किरातीले विप्लव नेकपालाई काठमाडौँमा आएर कार्यालयनै खोलेर आफ्नो राजनीतिक आन्दोलन अगाडी बढाउन आग्रह गरेका छन् | पाँच पार्टीद्वारा आज काठमाडौँको शान्तिवाटिकामा आयोजित बिरोधसभामा बोल्दै किरातीले यस्तो अभिव्यक्ति दिएका हुन् | 


अध्यक्ष किरातीले इन्डो प्यासीफिक कमाण्डको बिरोध गर्दै आउँदो न जादो नेपालसँगको सम्बन्धमा अमेरिकाले नेपालको काठमाडौँमा कोरियाको सिउलमा जस्तै अमेरिकी सेनाको ब्यारेक बनाउने रणनीति लिएको खुलाशा गरे | उनले १ करोड भारतीयलाई नागरिकता दिने  गोप्य सहमतिको आधारमा सिके राउत र ओली-प्रचण्ड मिलेर नागरिकता वितरण गरेको आरोप लगाए | उनले सर्वोच्च अदालतले नागरिकता वितरणको काम रोक्दारोक्दै पनि जबर्जस्ति नागरिकता वितरण भईरहेको बताए | 

किरातीले नेपालको राष्ट्रघातबिरुद्ध यहाँको राष्ट्रिय नारा 'राष्ट्रिय प्रतिरोध क्रान्ति जिन्दावाद, टिस्टा कांगडा फिर्ता गर' हुनुपर्ने अभिव्यक्ति दिए | उनले भने अब यो नारा बोकेर आन्दोलनमा जानु आवश्यक भएको भन्दै यदी यो आन्दोलनमा नगए नेपालमा धेरै ठूलो क्षति हुन जाने सम्भावना भएको उनले बताए | उनले भने 'कानुनी रुपमा स्वतन्त्र मूलुकमा हामी जन्म्यौ, प्रत्यक्ष रुपमा उपनिवेश हामीले भोगेनौं तर हाम्रो पुस्तामा त्यो भोग्नुपर्ने परिस्थिति आउँदैछ |' 

कार्यक्रममा बोल्दै किरातीले पूर्व राजा ज्ञानेन्द्रको अनुहार हेर्न जनताको भीड लाग्ने गरेको भन्दै टिस्टा काँगडा फिर्ता आन्दोलनमा संलग्न भएमा राजा ज्ञानेन्द्रको श्रीपेचबारे पनि सोच्न सकिने बताए |


उनले दिएको अभिव्यक्ति भिडियोमा हेर्न सक्नुहुनेछ 


यस बिषयमा तपाइको प्रतिक्रिया...!