प्रचण्डलाई भेटेर गोपाल किरातीले भने -‘माओवादी आन्दोलनमा फर्कनुस्’

Posted on: 28 Jun, 2019

असार १३, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष गोपाल किराती र डबल नेकपा अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको समाचार छ । दुई अध्यक्षबीचको वार्तामा किरातीले ‘प्रचण्डलाई माओवादी आन्दोलनमा फर्कन आग्रह गर्दै विप्लव नेकपा विरुद्धको प्रतिबन्ध तत्काल खारेज गरी वार्ताद्वारा राजनीतिक समाधानको गंभीर कदम उठाउन’ आग्रह गरेका छन् । ‘गणतन्त्र नेपाललाई अर्को अफगानिस्तान बनाउने इण्डो प्यासिफिक रणनीतिलाई खारेज गरी टिष्टा–काँगडा फिर्ता आन्दोलनमा सहयोग गर्न’ समेत नेकपा (माओवादी केन्द्र)को तर्फबाट किरातीले प्रचण्डसंग आग्रह गरे । 

किरातीले उठाएका तीनवटै विषयको आग्रहलाई प्रचण्डले ‘सकरात्मक र महत्वपूर्ण’ बताएको बुझिएको छ । वार्ताका क्रममा प्रचण्डले ‘नेपाली कम्युनिष्ट आन्दोलनमा प्रचण्ड स्कुलिङ र मदन भण्डारी स्कुलिङ बाहेक अरु स्कुलिङ नरहेको’ बताउदा प्रतिवाद गर्दै गोपाल किरातीले ‘सर्वहारा जीवनशैलीमा आधारित नयाँ स्कुलिङ नेकपा (माओवादी केन्द्र) ले शुरु गरेको’ अभिव्यक्ति दिएका छन् । 

भेटवार्तामा सहभागी भएका पार्टीका केन्द्रीय सचिव राजन तिमल्सिनाले ‘जसरी हुन्छ, जबजलाई सेबोटेज गर्न’ प्रचण्डसंग आग्रह गरे । 

दुई अध्यक्षबीच माओवादी आन्दोलनका उपलब्धीहरुको संस्थागत विकासमा सहकार्य गर्दै अघि बढ्ने प्रतिवद्धता भएको बुझिएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!