सरकार ढाल्ने सभापति देउवाको चेतावनी

Posted on: 28 Jun, 2019

असार १३, काठमाडौँ | नेपाली कांग्रेसका सभापति एबम पूर्व प्रधानमन्त्री शेरबहादुर देवाले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरे सरकार ढाल्ने चेतावनी दिएका छन् । सरकारले पेस स्वतन्त्रता मानवअधिकार माथि प्रहार हुनेगरी विधेयकहरु ल्याएको भन्दै कुनै पनि हालतमा पारित हुन् नदिने उनको अभिव्यक्ति छ |  

शुक्रबार पार्टी निकट स्थानीय तहका कर्मचारीहरुले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा देउवाले भने, ‘हामी प्रजातान्त्रिक अधिकारका लागि लडेरै आएका हौं । राणा, पञ्चायत र ज्ञानेन्द्रको शासन ढालेको भन्दै उनले भने, के पी ओलीको सरकार ढाल्न केहि नलाग्ने बताए | 

सरकारले आफ्नो पार्टीप्रति प्रतिवद्ध प्रहरी, कर्मचारी प्रशासन र अदालत बनाउन खोजेको उनको आरोप छ । देउवाले गुठी विधेयक फिर्ता लिएपनि भोलि षड्यन्त्र गरेर ल्याउन सक्ने भन्दै उनले सचेत रहन आग्रह गरे ।

देउवाले वर्षौदेखि स्थानीय तहमा काम गर्दैै आएका अस्थायी कर्मचारीहरुलाई स्वतः स्थायी गर्न माग समेत गरेका छन् ।कार्यक्रममा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले वाइडबडी लगायतका ठूला भ्रष्टाचार काण्डबारे छानविन गर्न माग गरे । उनले राजनीतिक पूर्वाग्रह साँधेर कर्मचारीमाथि भेदभाव नगर्न सरकारलाई सचेत गराका छन्  ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!