गण्डकी प्रदेशका संसद दिपक मनाङ्गे नेकपा प्रवेश

Posted on: 04 Jul, 2019

असार १९, काठमाडौँ | गण्डकी प्रदेशका संसद दिपक मनाङ्गे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् ।

आज आयोजित एक कार्यक्रममा  गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेकपा नेता पृथ्वी सुब्बा गुरुङले पार्टी प्रवेश गराएका हुन् ।

मनाङबाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका उनी नेकपाकै सहयोगमा विजयी भएका थिए । तर ज्यान मार्ने उद्योगको आरोपमा पक्राउ परी थुनामा रहेका सांसद दीपक मनाङ्गे थुनामुक्त भएपछि प्रदेश सांसदको रुपमा सपथ लिएका थिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!