पेरिसडाँडा पुगेर पर्यटनमन्त्रीले जनयुद्धका सहिदप्रति श्रद्धाञ्जली अर्पण गरे

Posted on: 01 Aug, 2019

साउन १६, काठमाडौँ  | तत्कालीन माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडा पुगेर  नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराईले  जनयुद्धका सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्

 | भट्टराईले  हिजोमात्रै मन्तिको सपथ लिएका थिए | मन्त्रीमा नियुक्ति भएको भोलिपल्टै उनी  पेरिसडाँडा पुगेका हुन् |

 भट्टराईले त्यहाँ स्थापना गरिएको जनयुद्धका सहिद तथा वेपत्ताहरूको स्मरणमा बनाइएको स्तम्भमा फूलका गुच्छा चढाएर श्रद्धाञ्जली अर्पण गरेका छन्  | तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेपछि पेरिसडाँडा पुगेर जनयुद्धका सहिद तथा वेपत्ताहरूको स्मरण गर्ने योगेश पहिलो मन्त्री हुन् | नेकपालाई अहिलेको स्थानसम्म पुर्‍याउन जनयुद्धका सहिद तथा वेपत्ताहरुको पनि योगदान रहेको उनको भनाइ थियो |  पर्यटनमन्त्रीको सपथग्रहण लगत्तै बुधबार उनी लैनचौरस्थित सहिद स्तम्भ पुगेका थिए ।

केपी शर्मा ओली नेतृत्वको सरकारले भट्टराईलाई बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा नियुक्त गरेको थियो । रवीन्द्र अधिकारीको निधनपछि यो मन्त्रालय प्रधानमन्त्रीले सम्हाल्दै आएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!