बालुवाटारको जग्गा प्रकरणमा दोषी नउम्किने मन्त्री पद्यमा अर्यालको दाबि

Posted on: 07 Aug, 2019

साउन २२, काठमाडौं । बालुवाटार (ललितानिवास)को जग्गा प्रकरणलाई सरकारले ओझेलमा नपार्ने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्यमा अर्यालले स्पष्ट पारेकी छन् । रिपोर्टस् क्लवमा आयोजित साक्षात्कारमा मन्त्री अर्यालले तीनवटा निकायबाट छानबिन र अनुसन्धानको काम भैरहेको भन्दै उनले यो प्रकरण अझोलमा नपर्ने बताएकी हुन् ।

अख्तियार, भूमि व्यवस्था मन्त्रालय र सीआईबी तीनवटै निकायले आ-आफ्नो ढंगले काम गरिरहेको उनले बताइन | मन्त्री अर्यालले भनिन, ‘सबैले आ-आफ्नो ढंगले काम गरिरहेका छौं । त्यही भएर अलिक समय लागेको हो । अब धेरै लामो समय जाँदैन् ।’

मन्त्री आर्यालले यो प्रकरणमा कारबाहीको लागि केही ढिलाइ भए पनि दोषीहरु नउम्किने दाबी गरिन् । ‘जनताले यो प्रकरणमा जुन अपेक्षा गरेका छन्, त्यहीअनुसारको नतिजा आउँछ,’ उनले अघि भनिन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!