प्रधानमन्त्री ओलीले सिंगापुरबाट भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठक बोलाए

Posted on: 26 Aug, 2019

भदौ ९, काठमाडौं । नेपालमा पहिलोपटक भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठक बसेको छ | सिंगापुरमा उपचारका क्रममा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद  बैठक बोलाएका छन् | 

प्रधानमन्त्री ओली उपचारमा जानुअघि कार्यविधि संशोधन गरी भिडियो कन्फ्रेन्समार्फत पनि मन्त्रिपरिषद बैठक बस्न सक्ने ब्यवस्था गरिएको थियो ।

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले ट्विटरमार्फत भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद बैठक बसेको जानकारी दिएका छन् । उनले केही तस्वीरसमेत राखेर लेखेका छन् ‘ सिंगापुरदेखि काठमाडौं: पहिलो पटक टेलिकन्फ्रेन्स मार्फ़त मन्त्रिपरिषदको बैठक बस्दै ।’


यस बिषयमा तपाइको प्रतिक्रिया...!