नेकपा सांसदले भने : चितवनमा चलेको ‘जात्रा’ बारे श्रम मन्त्रालय र गृह मन्त्रालय बढी सचेत हुनुपर्छ

Posted on: 26 Aug, 2019

भदौ ९, काठमाडौं । प्रतिनिधिसभाको विशेष समयमा बोल्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद गजेन्द्रबहादुर महतले चितवनमा सञ्चारकर्मी रवि लामिछानेको समर्थनमा भइरहेको प्रदर्शनलाई जात्रा भनेका छन् |  उनले भने, चितवनमा चलेको ‘जात्रा’बारे श्रम मन्त्रालय र गृह मन्त्रालय बढी सचेत हुनुपर्ने र यो जात्राका बारेमा सरकार गम्भीर हुनुपर्छ ।

देशमा धेरै व्यक्ति बेरोजगार भएकाले चितवनमा भइरहेको प्रदर्शनमा प्रदर्शनकारीको संख्या बढेको सांसद महतको भनाइ छ । ‘श्रम मन्त्रालय अहिले रोजगारीमा जान पनि नदिने रोजगारी भएकालाई पनि फिर्ता ल्याएर बेरोजगार बनाइदिने । अनि रोजगारी दिन पनि नसक्ने । त्यसैले या हुलको जत्था जम्मा भएको छ,’ सांसदले  भने ।

त्यस्तै गृह मन्त्रालयले सामान्य व्यक्तिको समस्या, गुनासो सम्बोधन नगर्दा पनि यो समस्या आएको उनलेल बताए । ‘गृह मन्त्रालयले जनताको मुद्दा हेर्दैन । हाम्रो गाउँका मान्छे कुखुरा च्यापेर धजा फूलचामल लिएर मन्दिर मन्दिरमा जान्छन् । शहरका मान्छे टीभी च्यानलमा पुग्छन् आफ्नो मुद्दा बोकेर । जसका कारण अहिले यो जात्रा भएको कुरा थाहा पाउनुपर्छ गृह मन्त्रालयले । यही कुरा श्रम मन्त्रालयले पनि थाहा पाउनुपर्ने  सांसदको भनाई रहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!