मोदीले भने, संविधान दिवसमा नेपाल आउन सक्दिनँ

Posted on: 28 Aug, 2019

भदौ ११, काठमाडौँ | नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले मोदीलाई संविधान दिवसको प्रमुख अतिथि बन्ने गरी नेपाल आउन निम्तो पठाए पछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संविधान दिवसमा अतिथि बनेर नेपाल आउन नसक्ने खबर पठाएका छन्। नेपालमा असोज ३ गते चौंथो संविधान दिवस मनाइँदै छ।

अघिल्लो साता भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमण आएका बेला प्रधानमन्त्री ओलीले उनीमार्फत् समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्तो पठाएका थिए । मोदी असोज २ गते नै अमेरिका जाने कार्यतालिका रहेको त्यसैले नेपाल आउन नसक्ने खबर पठाएको जनाइएको छ |

मोदी असोज २ देखि ७ गतेसम्म अमेरिकाको विभिन्न राज्यको भ्रमणमा जाने तय भएको  छ। २०७२ असोज ३ गते नेपालको संविधान जारी भएको थियो।

यस बिषयमा तपाइको प्रतिक्रिया...!