प्रचण्डको प्रश्न,‘हामी हिजो जे आदर्श भन्थ्यौं, आज त्यही आदर्शमा छौं त ?

Posted on: 23 Sep, 2019

असोज ६, काठमाडौँ | नेतृ सहाना प्रधानको स्मृतिमा सोमबार राजधानीमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा )का अध्यक्ष एवंम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फेरि अर्को आन्दोलन चाहिएको बताएका छन् |

उनले भने ‘हामी हिजो जे आदर्श भन्थ्यौं, आज त्यही आदर्शमा छौं त ?  हामी सबैले गर्नुपर्ने मुख्य प्रश्न यही हो,’ प्रचण्डले भने,‘हामीलाई अर्को आन्दोलन, अभियान र मिसन चाहिएको छ | सम्पूर्ण ताकत लगाउने फौज चाहिएको छ। नत्र हाम्रो पार्टीको हालत पूर्वी युरोपका कम्युनिष्ट पार्टीको जस्तै हुने उनको भनाई थियो | अहिले विकासका कुरामात्र धेरै भएको र व्यवहार नदेखिएको बताएका छन् |

आफुहरुले  नयाँ आदर्श स्थापना गर्नका लागि पार्टी एकता गरिएको बताउदै तर अहिले त्यो अर्कै तरिकाले अघि बढ्न लागेको उनको भनाई छ | पदका लागि गुट/उपगुट बनाएर लडौं भनेर नभई नयाँ अभियानतिर जाऔं भन्नका लागि  एकता बताए  | तर अहिले आदर्शच्यूत र स्खलित हुने अवस्था आएको बताएका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!