काठमाडौंमा ओर्लिए चिनियाँ राष्ट्रपति सी चिनफिङ

Posted on: 12 Oct, 2019

असोज २५, काठमाडौँ | नेपालको दुईदिने राजकीय भ्रमणका लागि चिनियाँ राष्ट्रपति सी चिनफिङ काठमाडौँ आइपुगेका छन् ।

भारतको चेन्नइमा रहेका राष्ट्रपति सी दिउँसो १ बजेर ४८ मिनेटमा नेपालका लागि उडेका थिए ।

उनी एयर चाइनाको बोइङ ७४७ जहाजमार्फत नेपाल ओर्लिएका हुन् । उनी राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति सी आज नेपाल आएका हुन् ।

चिनियाँ राष्ट्रपतिको २३ वर्षपछि हुन लागेको यो भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!