प्रधानमन्त्री ओलीबाट बाकु अतेस्गाहको अवलोकन

Posted on: 26 Oct, 2019

विशेष प्रतिनिधि मनोज कार्की | कात्तिक ९, बाकु | प्रधानमन्त्री केपी शर्मा ओलीले आज बाकुस्थिति अतेस्गाह मन्दिरको अवलोकन गर्नुभयो । सत्रौँ र अठारौँ शताब्दीमा बनेको र हिन्दू, शिख तथा जोरोअस्ट्रियनले पूजा गर्ने पाँचकुने यस मन्दिरलाई बाकुको अग्नी मन्दिर पनि भनिन्छ । 

प्रधानमन्त्री ओली असंलग्न आन्दोलनको राष्ट्र तथा सरकार प्रमुखहरुको अठारौँ शिखर सम्मेलनमा सहभागी हुन बाकु आइपुग्नुभएको हो । उहाँका साथमा उहाँकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई, परराष्ट्र सचिव शङ्करदास वैरागी, नेपालका लागि संयुक्त राष्ट्रसङघका स्थायी प्रतिनिधि अमृत राई र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू रहनुभएको थियो ।  

माथिको तश्वीरमा: प्रधानमन्त्री केपी शर्मा ओली शनिबार अजरबैजानको राजधानी बाकुस्थिति अतेस्गाह (अग्नि) मन्दिरको अवलोकनपछि सामूहिक तस्बिरमा । तस्बिरः मनोज कार्की

माथिको तश्वीरमा: प्रधानमन्त्री केपी शर्मा ओली शनिबार अजरबैजानको राजधानी बाकुस्थिति अतेस्गाह (अग्नि) मन्दिरको अवलोकन गर्दै । तस्बिरः मनोज कार्की 

यस बिषयमा तपाइको प्रतिक्रिया...!