प्रचण्ड भन्छन, महराले मलाई पनि ढाँटे

Posted on: 06 Nov, 2019

कार्तिक २०, दाङ | पूर्वसभाममुख कृष्णबहादुर महराबाट आचरण र नैतिक रूपमा ठूलो गल्ती भएको प्रचण्डले बताएका छन् | संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि महराले गरेको दुर्व्यवहार आफूले सोध्दा महराले ढाँटेको प्रचण्डले बताए |

यस प्रकरणमा अदालतले निष्पक्ष फैसला गर्ने विश्वास आफूलाई रहेको धारणा उनले राखे | घटना बाहिरिएपछि नारायणकाजी श्रेष्ठ तथा टोपबहादुर रायमाझीलाई बुझ्न पठाउँदा पनि महराले सही कुरा नभनेको प्रचण्डले उल्लेख गरे।

त्यसपछि स्वयं गएर बुझ्दा पनि महराले  ढाँटेको उनले बताए। 'म आफैं पनि त्यहाँ गएँ, त्यहाँ पनि साँचो कुरा बोल्नुभएन। उहाँले गल्ती गरेको पुष्टि भयो। इफ बट केही नभनी राजिनामा दिनुस् भने उहाँले तुरून्तै राजिनामा दिनुभयो', दाहालले भने। त्यसैगरी उनले महरा प्रकरण व्यक्तिलाई मात्र नभई राष्ट्रका भिभिआइपीलाई सच्याउने खालको घटना भएको बताए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!