कानुन मन्त्रालय सम्हाल्दै उपेन्द्र यादव भन्छन,अहिले किन छाड्ने सरकार ?

Posted on: 25 Nov, 2019

मंसिर ९, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद फेरबदलसंगै उपप्रधान, कानुन तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादवले पनि पदभार ग्रहण गएका छन् | उनी सोमबार दिउसो मन्त्रालय पुगेका थिए |  [

कानुन मन्त्रालयको जिम्मेवारीले आफुलाई थप अनुभवि बनाउने उनले बताएका छन् | ‘प्रधानमन्त्रीले सबैतिर अनुभव होस् भनेर मलाई स्वास्थ्यबाट कानुन मन्त्रालय पठाउनुभएको हुनुपर्छ, उनले भने | अहिले किन छाड्ने सरकार ? 

मन्त्रालय हेरफेर गर्ने अधिकार पनि प्रधानमन्त्रीलाई भएकोले मन्त्रीसँग खासै परामर्श गरिराख्नु नपर्ने उनले बताए | मन्त्रिमण्डल पुनर्गठन गर्दै यादवलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जिम्मेवारी हेरफेर गरी कानुन मन्त्रालयको जिम्मेवारी दिएका थिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!