भारतको अयोध्याबाट आएका जन्तीलाई स्वागत गर्न राष्ट्रपति जनकपुर जाँदै

Posted on: 29 Nov, 2019

१३ मंसिर, काठमाडौं | राष्ट्रपति विद्यादेवी भण्डारी  विवाह पञ्चमी महोत्सवमा भारतको अयोध्याबाट आएका जन्तीहरुलाई स्वागत गर्न जनकपुर जादै छिन् | साथै उनले  जनकपुरको जानकी मन्दिरमा पूजापाठ गर्नेछिन् | साधु सन्तसहितका जन्तीहरुलाई राष्ट्रपति भण्डारीले रंगभूमि मैदानमा मध्याह्न स्वागत तथा सम्बोधन गर्ने कार्यक्रम रहेको छ |

त्रेता युगमा जनकपुरका राजा जनककी छोरी सीता र अयोध्याका राजा दशरथका छोरा रामबीच भएको बिहेको सम्झनास्वरुप हरेक वर्ष जनकपुरमा रामजानकी विवाह महोत्सव मनाइन्छ | महोत्सव मंगलबार बाट सुरु भएको छ |

विवाह पञ्चमी महोत्सवमा सहभागी हुन अयोध्याबाट आएका जन्तीहरु बुधबार साँझ महोत्तरीको नाकाबाट नेपाल प्रवेश गरेका थिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!