मङ्सिर १५, भक्तपुर | प्रदेशसभा सदस्यअन्तर्गत सनिबार सम्पन्न उप-निर्वाचनमा भक्तपुर क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेसले अग्रता लिईरहेको छ ।
चाँगुनारायण नगरपालिकाका १, २, ३, ४, ५, ६ र ७ नम्बर वडाको मतगणना भईसक्दाको अवस्थामा कांग्रेस उम्मेदवार कृष्णलाल भडेलले १० हजार ३ सय ९५ मत पाएका छन् भने नेकपाका देवी प्रसाद ढकालले ७ हजार ९ सय ५९ मत प्राप्त गरेका छन् । यहाँ २ हजार ४ सय ३६ मतको अन्तरले कांग्रेसका उम्मेदवार अगाडि रहेका छन् ।
यसैगरी नेमकिपाका उम्मेदवार निरज लवजुले २ हजार २ सय ४७ मत पाएका छन् । यो निर्वाचन क्षेत्रमा कुल ३२ हजार ३७ मत खसेको थियो ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!