नेकपा–राजपा सहमतिबारे के भन्छन डा. बाबुराम ?

Posted on: 19 Dec, 2019

पुस ३, काठमाडौं | नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र विपक्षी राष्ट्रिय जनता पार्टी (राजपा)बीच राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने सहमति भए संगै विभिन्न टिप्पणीहरु भएका छन् | पूर्व प्रधानमन्त्री तथा  समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले दास र मालिकबीचको सम्बन्धसँग तुलना गरेका छन् |

राष्ट्रियसभाको प्रदेश २ अन्तर्गतका सिटमा दुई पार्टीबीच साझा उम्मेदवार उठाउने सहमति भएको हो | उक्त बिषयमा टिप्पणी गर्दै डा. बाबुराम भट्टराईले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘जबसम्म दासहरूमा मालिकलाई रिझाएर जुठोपुरो चाट्ने लोभ/दृष्टिदोष रहिरहन्छ वा अर्को दास भन्दा आफूलाई श्रेष्ठ ठान्ने भ्रम रहिरहन्छ तबसम्म दासहरूले पूर्ण मुक्ति हुन्न ! ‘फुटाउ र राज गर’को नीतिमा मालिकहरू खप्पिस छन् । अहिलको नयाँ मालिकहरू झन धुर्त छन् । खाँचो छ त नयाँ स्पार्टाकसको ! सबैलाई चेतना भया ।’ 

प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल र राजपा संयोजक राजेन्द्र महतोबीच राष्ट्रियसभामा प्रदेश–२ मा रिक्त चार मध्ये दुई–दुई सिट लिने सहमति भएको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!