आजबाट हिउँदे अधिवेशन, प्रमुख कार्यसूची नै सभामुख चयन

Posted on: 20 Dec, 2019

पुष ४, काठमाडौँ | सङ्घीय संसद्को हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ । हिउँदे अधिवेशनलाई विधेयक अधिवेशनका रूपमा पनि लिइन्छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज दिउँसो २:०० बजे दुवै सदनको बैठक आह्वान गर्नुभएको छ ।

हिउँदे अधिवेशनमा प्रतिनिधि सभाको प्रमुख कार्यसूची नै सभामुख चयन छ । असोज १४ गते तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिनुभएपछि सभामुखको स्थान रिक्त छ । शुक्रबारको पहिलो बैठक भने उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले सञ्चालन गर्नुहुनेछ ।

संविधानको धारा ९१ (४) को व्यवस्थाअनुसार सभामुखको अनुपस्थितिमा उपसभामुखले बैठक सञ्चालन गर्नुहुनेछ । सभामुख तथा उपसभामुख दुवैको स्थान रिक्त रहेको अवस्थामा भने ज्येष्ठ सदस्यबाट बैठक सञ्चालन गर्नसक्ने संवैधानिक व्यवस्था छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!