नेकपा स्थायी कमिटी बैठकमा के-के भए निर्णय ?

Posted on: 22 Dec, 2019

पुस, ६ काठमाडौं | आइतबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को धुम्बराहीस्थित पार्टी कार्यालयमा बसेको स्थायी कमिटि बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गरेको छ |

अध्यक्षको राजनीतिक प्रतिवेदन पारित गर्दै बैठक सम्पन्न भएको हो | उक्त बैठकमा महासचिव विष्णु पौडेलको विधान संशोधन प्रतिवेद समेत पास भएको छ | पुस २३ मा केन्द्रीय समिति बैठक बोलाउने,पार्टी एकताका काम २५ दिन भित्र सक्ने निर्णय बैठकले गरेको छ |

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशन  इन्डोप्यासिफिक रणनीतिसँग सम्बन्धित नभएको ठहर भएमा त्यसलाई स्वीकार गर्ने निर्णय भएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!