चिनियाँ राजदूतले ट्वीटरमा फलो गर्नेलाई पुरस्कार दिने, के छ पुरस्कार ?

Posted on: 24 Dec, 2019

मंसिर ८, काठमाडौं | नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीले ट्वीटरमा फलो गर्नेलाई पुरस्कार दिने घोषणा गरेकि छन् | पुरस्कार जित्नको लागि ‘फलो’ गरेर मात्रै हुँदैन | उनको पोस्टलाई रि–ट्विट, कमेन्ट र एक जना साथीलाई ट्यागसमेत गर्नुपर्नेछ |

२६ डिसेम्बर मध्यान्ह १२ बजेसम्म आफूलाई फलो, रि–ट्वीट, कमेन्ट र ट्याग गर्नेमध्ये पाँच जनालाई पुरस्कार दिइने यान्छीले ट्वीटरबाट जानकारी दिएकी छन् | २७ डिसेम्बरबाट काठमाडौंमा सुरु हुने चिनियाँ चलचित्र महोत्सवलाई लक्षित गर्दै राजदूत यान्छीले यस्तो प्रतियोगिता घोषणा गरेकी हुन् | पुरस्कृतलाई महोत्सवकै दुई वटा टिकट उपलब्ध गराउने बताएकी छिन् |

गत जुनदेखि ट्वीटर एकाउन्ट सञ्चालन गरेकी यान्छीले २९ जनालाई फलो गरेकी छन् | त्यसमध्ये नेपालका राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्री, प्रमुख विपक्षी दलका नेता, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल गरी पाँच नेपालीलाई फलो गरेकी छन् |

उनको फलोअर संख्या ९ हजार ८ सय भन्दा बढी छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!