नेपाली भूमिको अतिक्रमणबारे राष्ट्रियसभामा जरुरी महत्वको प्रस्ताव दर्ता

Posted on: 02 Jan, 2020

पुस १७ , काठमाडौँ | सिमा अतिक्रमणको बिषय लिएर राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरिएको छ | नेपाल कम्युनिस्ट पार्टीका प्रमुख सचेतक खिमलाल भट्टराईको प्रश्तावक र नेपाली कांग्रेसकी सरिता प्रसाईंको समर्थनमा दर्ता भएको प्रस्तावमा नेपाली भूमिबाट भारतीय सेना हटाउन कुटनीतिक पहल गर्न र  नेपाल भारत उच्च स्तरीय प्राविधिक समितिको पहललाई निष्कर्षमा पुर्‍याउन भूमिका खेल्न निर्देशन दिन अनुरोध गरिएको छ |

नेकपा प्रमुख सचेतक भट्टराईले कुनै पनि देशका लागि सार्वभौमसत्ता, स्वतन्त्रता क्षेत्रीय अखण्डता निर्णायक र जीवन मरणको प्रश्न हुने बताएकी छिन् | उनले भनिन्, लिम्पियाधुरा, लिपुलेक,कालापानीलाई  प्रमाण र उचित तर्कको आधारमा हाम्रो भूमि हो भन्न खोजेका हौ, अर्काको माटोलाई हाम्रो देश तिर फाल्न खोजेको होइन |

अभूतपुर्व  राष्ट्रिय एकता हुँदा समेत सरकारले पहल गर्न नसकेको नेपाली कांग्रेसकी नेतृ सरिता प्रसाईंले बताइन |

यस बिषयमा तपाइको प्रतिक्रिया...!