पुस १८, काठमाडौं | नेपाल कम्युनिस्ट पार्टीका नेता बामदेव गौतमले राष्ट्रियसभा सदस्यको उम्मेदवार बन्न अस्विकार गरेका छन् | सचिवालय बैठकमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले बामदेव गौतम ए प्रवक्ता नारायणकाजी श्रेष्ठको नाम प्रस्ताव गरेका थिए |
राष्ट्रियसभा सदस्यको उम्मेदवार हुन आफ्नो छुट्टै सर्त रहेको उनले बताएका छन् | उनको सर्त अध्यक्ष एवं प्रधानमन्त्री ओलीले भने ठाडै अस्विकार गरेका छन् | माग ९ गते हुने राष्टियसभा निर्वाचनका लागि नेकापाले पार्टीका तर्फबाट १६ उम्मेदवारको टुंगो लगाएको हो |
ओलीले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुने गरी संविधान संशोधन गर्न नसकिने बताएका छन् | त्यसपछि उम्मेदवार बन्न गौतमले अस्विकार गरेका छन् |
यस बिषयमा तपाइको प्रतिक्रिया...!