पुस २७, काठमाडौँ | प्रदेश ३ को स्थायी राजधानी हेटौँडा र नाम 'बाग्मती' राख्ने प्रश्ताव घोषणा भएको छ | प्रदेशसभा बैठकले मुख्यमन्त्री डोरमणि पौडेलद्वारा गरिएको प्रस्तावलाई दुई तिहाइ मतले पारित गरेको हो |
मुख्यमन्त्री पौडेलले प्रदेश ३ को स्थायी राजधानी हेटौँडा र नाम बाग्मती राख्ने प्रस्ताव पेश गरेका थिए | उक्त प्रस्तावको पक्षमा १०५ मत र प्रस्तावको विपक्षमा ३ मत मात्र खसेको थियो | प्रदेशसभाका कुल ११० सांसदमध्ये प्रस्तावमाथि मतविभाजन हुँदा बैठकमा १०८ सांसद उपस्थित थिए | संवैधानिक प्रावधान अनुसार प्रदेशसभाको दुई तिहाई मतले प्रदेशको नाम र स्थायी राजधानी कायम गर्न सक्नेछ |
सभामुख सानुकुमार श्रेष्ठले राजधानी हेटौँडा हुनुपर्छ भन्ने प्रस्तावको पक्षमा बैठकमा कायम कुल सदस्यको दुई तिहाई मत रहेकाले उक्त प्रस्ताव दुई तिहाईले पारित भएको घोषणा गरेका छन् |
यस बिषयमा तपाइको प्रतिक्रिया...!