गच्छदारमाथि मुद्दा लगाइयो भन्ने होइन,आफ्नालाई छानीछानी किन जोगाइयो :कांग्रेस

Posted on: 06 Feb, 2020

माघ २३, काठमाडौँ | बालुवाटार जग्गा प्रकरणमा उपसभापति बिजयकुमार गच्छदार बिरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दामा काँग्रेसले प्रश्न उठाएको छ | बुधबार अख्तियारले उपसभापति विजयकुमार गच्छदारसहित १ सय ७५ जनाविरूद्ध ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा सारेको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो |

 कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार दिउँसो पत्रकार सम्मेलन गर्दै ख्तियारको मुद्दामा सरकारको प्रभाव परेको बताएका छन् | 'सरकारको प्रभावमा परेर यो मुद्दामा आफ्नालाई बचाउने र अर्कालाई फसाउने नियत देखिन्छ' उनले भने,प्रश्न विजय गच्छदारमाथि मुद्दा लगाइयो भन्ने होइन तर आफ्नालाई छानीछानी किन जोगाइयो भन्ने हो |' उनले गच्छदार जुन मन्त्रिमण्डलका सदस्य ती मन्त्रिमण्डल हाँक्ने प्रधानमन्त्रीमाथि किन मुद्दा लगाइएन ? उनले प्रश्न गरे |

प्रवक्ता शर्माले नेकपाका महासचिव विष्णु पौडेलका छोरालाई मुद्दा नलगाएकोबारे प्रश्न सोधेका छन् | उक्त जग्गा प्रकरण काँग्रेसले गहन र गम्भिर ढंगले अनुसन्धान गर्न मागरेको बताए | सरकारले अख्तियारलाई आफ्नो छाँया बनाएको समेत तर्क गरे |

गच्छदारले अब मुद्दा बिरुद्ध कानुनी र राजनीतिकरुपमा लड्ने उनले बताए |


यस बिषयमा तपाइको प्रतिक्रिया...!