प्रतिनिधि सभा बैठकआदि घण्टाका लागि स्थगित

Posted on: 07 Feb, 2020

माघ २४, काठमाडौं | शुक्रबारका लागि बोलाइएको संसद बैठक कांग्रेसको अबरोधका कारण आदि घन्टाका लागि स्थगित भएको छ | काँग्रेसले आफ्ना नेता तथा सांसद विजयकुमार गच्छदारलाई राजनीतिक पूर्वाग्रहका आधारमा अख्तियारले मुद्दा चलाएको भन्दै त्यसलाई अस्वीकार गर्ने बताएको हो ||

यसअघि बिहीबार पनि काँग्रेसले प्रतिनिधिसभाको बैठक स्थगित गरेको थियो | बिहीबारको बैठकको सुरुमा काँग्रेस सांसद पुष्पा भुषालले राजनीतिक पूर्वाग्रहका आधारमा गच्छदारविरुद्ध अख्तियारले मुद्दा दायर गरेकाले त्यसको विरोध गर्दै संसद बैठक अवरुद्ध गर्नुपरेको बताएपछि बैठक स्थगित भएको थियो । 

सभामुख अग्नि सापाकोटाले संसदले विभिन्न कानुनहरु बनाउनुपर्ने भन्दै काँग्रेस सांसदलाई अवरोध हटाउन आग्रह गरेपनि उनीहरु बस्न नमानेपछि सापकोटाले बैठक आइतबारसम्मका लागि  स्थगित गरेको घोषणा गरेका थिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!