सरकारको बिरोधमा सदन देखि सडक सम्म उत्रियो काँग्रेस

Posted on: 07 Feb, 2020

माघ २४, काठमाडौँ | नेपाली कांग्रेसको भात्रृ सङ्गठ नेपाल बिद्यार्थी संघ र तरुण दलले शुक्रबार माइतीघरमा प्रदर्शन गरेको छ | बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारको छायामा परी पूर्वाग्रही भए निर्दोषलाई पक्रिएर दोषीलाई उन्मुक्ति दिन खोजिएको भन्दै बिरोध प्रदर्शन गरेको हो | 


बालुवाटारको सरकारी जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपसभापति गच्छदार सहित १ सय ७५ जना बिरुद्ध मुद्दा दायर गरेको छ | गच्छदारको बचाउमा कांग्रेसले सदन पनि अबरुद्ध गरेको छ | 

सडक देखि सदन सम्म गच्छदारको बचाउमा कांग्रेस उत्रिएको छ | सरकारले सबैधानिक निकायलाई हस्तक्षप गरेर आफ्ना नेतालाई बचाउन खोजेको आरो लगाएको छ | 'संवैधानिक निकायहरूमा सरकारी हस्तक्षप बन्द गर', 'विभेद र पूर्वाग्रह मानिदैन काण्डकाण्डको सरकार चाहिँदैन', 'तिल कुमारीलाई जेल विष्णु पौडेललाई माफी' लगायतका पम्प्लेट बोकेर कांग्रेसले सरकारको बिरोध गरेको छ | 

यस बिषयमा तपाइको प्रतिक्रिया...!