बाँस्कोटा काण्डमा प्रधानमन्त्री ओलीले मुख खोले

Posted on: 20 Feb, 2020

फागुन ८, काठमाडौँ | सरकारका प्रवक्ता एवं सूचना तथा संचारमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद गर्न एउटा स्वीस कम्पनी एजेन्टसँग कमिसन मागेको अडियो सार्वजनिक भएपछि प्रधानमन्त्री ओलीले मुख खोलेका छन् |

बिहिबार नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले लेखेको पुस्तक ‘आर्थिक सम्मृद्धि’ को विमोचन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनका लागि आफूले नजिक र टाढाका मानिस भनेर विभेद नगर्ने बताएका हुन् |

बालुवाटारमा आयोजित पुस्तक विमोचनमा बोल्दै भने,‘सुशासन र सिस्टमका लागि लडेको छु। सिस्टमका लागि नजिक र टाढाका कसैलाई छोड्दिनँ, |' सूचना तथा संचारमन्त्री गोकुल बाँस्कोटाले कमिसन मागेको अडियो सार्वजनिक भएको केहि समयपछि ओलीले यस्तो प्रतिक्रया दिए | प्रधानमन्त्री ओलीका बाँस्कोटा विश्वास पात्र मानिन्छन् |

उनले आजै बालुवाटार गएर प्रधानमन्त्री समक्ष मन्त्रीपदबाट राजिनामा दिइसकेका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!