नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्रा नेपालमा

Posted on: 01 Mar, 2020

फागुन १८,काठमाडौं | नवनियुक्त नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा नेपाल आएका छन् | भारतीय विदेश मन्त्रालयले क्वात्रालाई गत महिना जनवरी ३० मा नेपालका लागि राजदूत नियुक्त गर्ने निर्णय गरेको थियो |

क्वात्राले ग यसअघि संयुक्त राष्ट्रसंघ,अमेरिका,चीन, फ्रान्स लगायतका मुलुकमा काम गरेका थिए | उनी तीन दशकदेखि भारतीय विदेश सेवामा रहेका थिए | उनलाई अनुभवी र चतुर कुटनीतिज्ञका रुपमा  लिने गरिएको छ |

शालिन कुटनीतिको छवि बनाएका पूर्व राजदूत मन्जिभसिंह पुरीको अवकाशसँगै भारतले क्वात्रालाई नेपालका लागि राजदूत नियुक्त गरेको हो | क्वात्राले यसअघि २००६ देखि २०१० सम्म नेपाल स्थित सार्क सचिवालयमा व्यापार, अर्थव्यवस्था र वित्त व्यूरो प्रमुखका रुपमा प्रतिनिधित्व गरेका थिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!