प्रचण्डमाथि जुत्ता प्रहार

Posted on: 01 Mar, 2020

फागुन १८, काठमाडौं | राष्ट्रियसभा गृहमा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहार भएको छ | 

नेकपा नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा अध्यक्ष दाहाल सहभागी थिए | प्रचण्डलाइ ताकेर प्रहार गरिएको जुत्ता भने लागेको थिएँन | जुत्ता प्रहार गर्नेलाई प्रहरीले नियन्‍त्रणमा लिएको छ |  प्रचण्डले आफ्ना कुरा राखेर पोडियमबाट फर्कंदै गर्दा उनलाई लक्षित गर्दै जुत्ता प्रहार भएको हो।

दर्शक बस्ने ठाउँबाट जुत्ता प्रहार भएपछि मञ्चमा रहेका सुरक्षाकर्मीहरू दौडेर ती व्यक्तिलाई पक्राउ गरेका छन् |


यस बिषयमा तपाइको प्रतिक्रिया...!