देउवाले चयन गरे ७ विभागीय प्रमुख,कुन विभागको जिम्मेवारी कसलाई ?

Posted on: 02 Mar, 2020

फागुन १९, काठमाडौँ | नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले  केन्द्रीय विभाग गठन गरेका छन् छन् | देउवाले बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको असन्तुष्टिका बिच कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम थप ७  केन्द्रीय विभागहरुको प्रमुख मनोनयन गरेका हुन्  |

विभागको जिम्मेवारी सबै केन्द्रीय समितिमा रहेका नेताहरुले पाएका छन् | नपी साउँदलाई शुभेच्छुक संस्था समन्वय विभागको जिम्मेवारी दिइएको छ भने अम्बिका बस्नेतलाई वन, वातावरण तथा विपत व्यवस्थापन विभागको जिम्मेदवारी दिइएको छ |

यस्तै ईश्वरी न्यौपानेलाई महिला विभाग, केशवकुमार बुढाथोकीलाई राज्य प्रशासन विभाग,  मोहनबहादुर बस्नेतलाई खेलकूद विभाग, बीरबहादुर बलायरलाई निर्माण व्यवसायी समन्वय विभाग र  हरिप्रसाद नेपाललाई शिक्षा विभागको जिम्मेवारी दिइएको छ |

यसअघि शनिबार देउवाले विभिन्न १३ वटा विभाग गठन गरेका थिए | काँग्रेस विधानमा महाधिवेशन सम्पन्न भएको दुई महिनाभित्र विभाग गठन गरिसक्नुपर्ने प्रावधान भएपनि देउवाले अर्को महाधिवेशनको मिति तोकेपछि विभागलाई पूर्णता दिएका हुन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!