पूर्वराजा ज्ञानेन्द्रले दिए प्रधानमन्त्री ओलीलाई स्वास्थ्य लाभको कामना

Posted on: 03 Mar, 2020

फागुन २०, काठमाडौँ | पूर्वराजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य लाभको कामना गरेका छन् | 

दोश्रोपटक मिर्गौला प्रत्यारोपण गराइरहेका प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गरेको उनका पूर्व प्रमुख स्वकीय सचिव फणिराज पाठकले जानकारी दिए | ओली सोमबार मिर्गौला प्रत्यारोपणका लागि महाराज गंज स्थित त्रिवी शिक्षण अस्पतालमा भर्ना भएका हुन् |

उनको सन्देश लिएर मंगलबार उनका पूर्व प्रमुख स्वकीय सचिव पशुपति महर्जन शिक्षण अस्पताल महाराजगंज पुगेका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!