युवराज खतिवडाले दिए अर्थमन्त्रीबाट राजीनामा

Posted on: 03 Mar, 2020

फागुन २०, काठमाडौँ | युवराज खतिवडाले अर्थमन्त्री पदबाट राजिनामा दिएका छन् | उनको राजीनामा पत्र बुझाउन मुख्यसचिव लोकदर्शन रेग्मी मंगलबार राष्ट्रपति कार्यालय शितल निवास पुगिस पुगेका हुन् |

फेरी खतिवडाले भोलि नयाँ अर्थमन्त्रीको रूपमा सपथ लिने भएका छन् |

दुई वर्षअघि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्य नियुक्त भएका खतिवडाको कार्यकाल आज सकिएको हो | संविधानअनुसार संघीय संसदको सदस्य नरहेको व्यक्ति पनि छ महिनासम्म मन्त्री हुन पाउँछन्। सोही व्यवस्थाअनुसार खतिवडा फेरि मन्त्री हुन लागेका हुन् |

राजिनामा बुझाएपछि खतिवडा प्रधानमन्त्रीलाई भेट्न त्रिवि शिक्षण अस्पताल पुगेका थिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!