मन्त्रिपरिषदद्वारा लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्सा पारित

Posted on: 18 May, 2020

जेठ ५, काठमाडौं । सरकारले लिम्पियाधुरासहितको नेपालको नक्सा पारित गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले नक्सा पारित गरेको एक मन्त्रीले जानकारी दिए ।

ती मन्त्रीका अनुसार भूमि व्यवस्था मन्त्रालयले तयार पारेको नेपालको नयाँ नक्सालाई बैठकले पारित रहेको हो ।

१८१६ को सुगौली सन्धि लिम्पियाधुराबाट आउने नदी काली नदीलाई सीमा नदी मान्दै यो नक्सा तयार पारिएको छ  ।


संघीय संसदका संसदीय समितिहरूले पनि सबै नेपाली भूभाग समेटेको नक्सा छाप्न पटकपटक निर्देशन दिएका थिए। 

सरकारले नीति तथा कार्यक्रममा लिम्पियाधुरासहितको नक्सा जारी गर्ने घोषणा गरेका थियो । घोषणा गरेको ४ दिनमा सोमबारको मन्त्रिपरिषद बैठकले  नयाँ नक्सा प्रकाश गर्ने निर्णय छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!