मन्त्रिपरिषद्को निर्णय बमोजिम हवाई उडान असार २१ गतेसम्म बन्द

Posted on: 14 Jun, 2020

जेठ ३२, काठमाडौँ | व्यवसायिक आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान असार २१ गते (५ जुलाई)सम्मका लागि बन्द भएको छ । 

मन्त्रिपरिषद्को निर्णय बमोजिम नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आइतबार उक्त निर्णय गर्दै सो दिनसम्म उडान स्थगित गरेको जनाएको हो । 

यसअघि जेठ ३२ गतेसम्म हवाइ उडान प्रतिबन्धित थियो । 

तर, स्वदेश फिर्ता हुन, उद्दार गर्न, स्वास्थ्य सामग्रीको ल्याउन तथा सुरक्षाका उडानहरु भने विशेष अनुमति लिएर सञ्चालन हुनसक्ने क्यानले जनाएको छ ।

यसैबीच विदेशमा अलपत्र परेका नेपालीलाई उद्धार गर्न सरकारले अनुमति दिएपछि आइतबार नेपाल वायुसेवा निगमले बंगलादेशका लागि पहिलो चार्टर उडान गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!