विश्वज्योतिमा अखिल क्रान्तिकारी गठन

Posted on: 03 Sep, 2016

भदौ १८, पर्बत । विश्व ज्योति उच्च माध्यमिक विद्यालयमा अखिल क्रान्तिकारी विद्यार्थीं संगठन विस्तार भएको छ । 

विद्यार्थी नेता शंकर गिरीको आथित्यतामा २३ सदस्यीय नयाँ विद्यार्थीं संगठन विस्तार गरिएको हो ।  प्रेम क्षेत्रीको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति बनेको हो । संगठनको उपाध्यक्षमा  सन्तोष नेपाली, राधा सुवेदी, अनिल नेपाली रहेका छन् । 

त्यसैगरी सचिवमा सागर रिमाल, कोषाध्यक्षमा कुसुम पौडेल, सहसचिवमा अभिषेक नेपाली, किशोर नेपाली, अर्जुन नेपाली रहेका छन् । विद्यार्थीं संगठनको सदस्यहरुमा  कविता पौडेल , अनन्त पौडेल, प्रेमबहादुर क्षेत्री, मेघराज रिमाल, रोहित पौडेल, सुमन नेपाल, अञ्जन पौडेल, निसा पौडेल , सुद्रर्शन सुवेदी, सुरज रिमाल, सुजित सुवेदी, सुनिल नेपाली, प्रबिण सुवेदी, सुवानि आचार्य रहेका छन् । 

विद्यार्थी नेता शंकर गिरीले विद्यार्थी भनेका भोलीका राष्ट्र निर्माण भएका कारण अहिलेबाटै देशको निर्माणको लागि एक जुट हुनुपर्नेमा जोड दिए । देशमा भएका असमान विचार तथा नीति नियमको अन्त्य गरी सवैको लागि मान्य हुने नीति निर्माणको लागि विद्यार्थीहरु एक हुनुपर्ने भन्दै त्यसको विकल्प अखिल क्रान्तिकारी बाहेक अरु विद्यार्थी संगठन नरहेको बताए । गिरीले देशका विभिन्न विद्याथी्र्र संगठन भएता पनि जनजिवन स्तरबाट आवाज उठाउने संगठन अखिल क्रान्तिकारी बाहेक अरु नरहेको बताए । 

जिल्ला अध्यक्ष विजय प्रकाश सापकोटाले बर्तमान शिक्षा पद्धतीमा देखिएको दुई खाले शिक्षा प्रणाली अन्त्य गर्नको लागि एक हुनुपर्नेमा जोड दिए । उनले अहिले समाजमा दुई खाले शिक्षा रहेको भन्दै त्यसको अन्त्य गरी समान शिक्षा लागु गर्नको लागि दबाबको आवश्यकता रहेको औलाए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!