लागुऔषध सहित तीन जना पक्राउ

Posted on: 28 Dec, 2016

पर्वत । जिल्ला प्रहरी कार्यालय पर्वतले लागूऔषध सहित तीन जनालाई पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा प्रहरीले कुश्मा नगरपालिका शिवालय चोकबाट उदयपुर त्रियुगा नगरपालिका ११ वस्ने वर्ष २१ को विक्कु लामिछाने, म्याग्दी वरम्जा ४ वस्ने वर्ष २३ को सानु क्षेत्री  र जिल्ला पर्वत कुश्मा नगर पालिका १० वस्ने वर्ष २६ को सुमन गुरुङ लाई पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले नर्फिम ३५ थान, डाईजापाम ३५ थान र फेनरागन – ३५ थान गरी जम्मा १०५ थान सहित रंगेहात पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ ।  

उनीहरु विरुद्ध लागूऔषध मुद्धा दर्ता गरी थप अनुसन्धान भैरहेको प्रनाउ शेखर खनालले जानकारी दिए । पछिल्लो समयमा जिल्लामा लागूऔषधको प्रयोगकर्ता बढेको समाचार बाहिर आइरहेको छ । युवाहरु लागूऔषधको कुलतमा फस्ने गरेको पाइता पनि अझै सरोकारवाला निकायहरु त्यसलाई न्यूनिकरण गर्न सकेका छैनन । जिल्लामा गैरकानूनी रुपमा संचालनमा आएका निजि क्लिनिकले पनि जिल्लामा लागूऔषध गर्नेहरुलाई बढवा दिने काम गरेका छन् । बजारक्षेत्रमा रहेका नीजि क्लिनिकबाट लागूऔषध जन्य पदार्थ ओसारपोसार हुने गरेको खबर बाहिर आएता पनि र बजारमा क्लिनिकबाटनै लागू औषध विक्रिवितरण भएको गुनासो बढेता पनि जिल्लामा रहेका सरोकारवाला निकायले भने केहि गर्न सकेको अबस्था छैन । विकिरणयुक्त एक्सरे रेहरु खुला छोडेर सर्वसाधरणको जीवनमाथि खेलवाड गरेका निजि क्लिनिकले लागूऔषधको कारोबारलाई समेत बढवा दिएको गुनासो छ तर पनि सरोकारवला निकाय मौन रहेका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!