प्रहरी सेवा केन्द्रमा चालु आ.ब को पुस मसान्तसम्म ९० वटा उजुरी दर्ता

Posted on: 27 Jan, 2017

नन्दराम जैशी/माघ १४, जुम्ला । सामुदायिक प्रहरी सेवा केन्द्र जुम्लामा चालु आर्थिक वर्ष २०७३/०७४ को पुस मसान्तसम्म ९० वटा उजुरी दर्ता भएका छन् । 

विगतका वर्षहरुमा संख्यात्मक रुपमा कमै दर्ता हुने गरे पनि यस वर्ष उजुरी बढेर माघ महिना सम्म ९० पुगेका हुन् । विगतका वर्षहरुमा  वार्षिक रुपमा बढिमा ८० देखी ९० वटा सम्म मात्र दर्ता हुने गरेको भएपनि यो वर्षको पुस मसान्तसम्म आईपुग्दा ९० वटा उजुरीहरु दर्ता भएको सामुदायिक सेवा केन्द्र जुम्लाले जनाएको छ ।         

 केन्द्रमा दर्ता भएका ९० वटा उजुरी मध्ये ८५ प्रतिशत समाधान भईसकेका छन, भने करिब १५ प्रतिशत मात्र बाँकी रहको छन् । सामुदायिक प्रहरी सेवा केन्द्र जुम्लामा दर्ता हुन आएका उजुरीहरुमा सबैभन्दा बढि लेनदेन सम्बन्धि उजुरी आउने गरेको केन्द्रका ईन्चार्ज प्रहरी हवल्दार ठम्मर बहादुर शाहीले बताउनु भयो । चालु आवमा मात्र दर्ता भएका लेनदेन सम्बन्धि ४० वटा निवेदनको असुल भईसकेको शाहीले जानकारी दिनुभयो ।

 त्यस्तै सेवा केन्द्रमा चोरी, ठगी, दुव्यर्वहार लगायतका उजुरीहरु आउने गरेका छन् । केहि वर्ष यता महिला तथा बालबालिका सेवा केन्द्र छुटीय यता बाल विवाह, बहुविवाह लगायत उजुरी आउने गरेपनि महिला तथा बालबालिका सेवा केन्द्र पठाउने गरिएको हो । चोरी, बाल विवाह र वहुविवाह बारेमा  कानुनी प्रावधानका विषयमा केन्द्रमा सल्लाह लिन आउने गरेको सामुदायिक प्रहरी सेवा केन्द्र जुम्ला जनाएको छ ।

 प्रहरी हवल्दार शाहीका अनुसार माग महिनाको शुरु भए लगत्तै मात्र सल्लाह लिन ३ जना ,बहुविवाह तथा बाल विवाहका विषयमा जानकारी लिन ३ जना आएको बताईएको छ । लेनदेनका विषयमा १० हजार देखी १२ लाख सम्मका उजुरी दर्ता हुन आएका आएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!