ओखलढुंगामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यू

Posted on: 26 Jul, 2017

साउन ११, ओखलढुंगा । ओखलढुंगामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यू भएको छ । 

दुर्घटनामा सुनकोशी गाउँपालिका ५ मुलखर्कका अन्दाजी वर्ष ५२ का गर्जमान तामाङको मृत्यू भएको हो ।

मोलुङ खोलाबाट बालुका लिएर मुलखर्क तर्फ जाँदै गरेको ना ५ त ३८२८ नम्बरको ट्याक्टर बुधबार साँझ दुर्घटनामा परेको घटना स्थलमा रहनु भएका सुनकोशी गाउँपालिका ५ का वडा अध्यक्ष गोविन्द तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार बालुवा बोकेर गाउँ फर्कँदै गरेको ट्याक्टर सुनकोशी गाउँपालिका ७ च्यानमको र्याले भन्ने ठाउँमा अनियन्त्रीत भएर दुर्घटनामा परेको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!