धादिङमा यात्रुवाहक बस र ट्रक ठोक्किए, ४१ जना घाइते

Posted on: 16 Dec, 2017

पुस १, धादिङ । धादिङको जोगिमारामा आज बिहान भएको दुर्घटनामा ४१ जना यात्रु घाइते भएका छन् । 

इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमल्सिनाका अनुसार टीकापुरबाट काठमाडाँैतर्फ आउँदै गरेको ना ४ ख ४४२० न को बस र विपरित दिसातर्फ जाँदै गरेको ना ४ ख १६७४ न को ट्रक एक आपसमा सडकमा ठोक्किएर दुर्घटना भएको हो । 

दुर्घटनामा घाइते भएका ४१ जनामध्ये ६ जनाको अवस्था गम्भीर रहेकोले थप उपचारका लागि काठमाडाँै ट्रमा सेन्टरमा पठाइएको छ भने बाँकिको राजमार्ग सामुदायिक अस्पताल मलेखु र प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचार भइरहेको छ । 

दुर्घटनापछि राजमार्ग केहीबेर अवरुद्ध भएको थियो । अहिले एकातर्फी यातायात सञ्चालनमा आएको प्रहरीले जानकारी दिएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!