सल्यानमा मिनि ट्रकले मोटरसाइकललाई ठक्कर दिदा दुइजना घाइते, एक गम्भीर

Posted on: 28 Jan, 2018

शंकर के सी | माघ १४, सल्यान | सल्यानमा आयतबार बेलुकी मिनि ट्रकले मोटरसाइकललाइ ठक्कर दिदा दुइजना घाइते भएका छन् । घाइते मध्य एकजनाको अवस्था गम्भीर छ । रुकुमबाट दाङ तर्फ गइरहेको मिनि ट्रकले कपुरकोटको तल्लो बजारमा सोहि दिशातर्फ गइरहेको मोटरसाइकललाइ ठक्कर दिन पुगेको थियो ।

बेलुकी साढे ६ बजेतीर भएको दुर्घटनामा रुकुमबाट दाङ जाने भनेर इन्ट्री गरेका दिलिप बुढा गम्भीर घाइते भएको कपुरकोट प्रहरीले जनाएको छ । साथै मोटरसाइकलमा सवार एक महिला पनि घाइते भएको र उनीहरुलाइ उपचारका लागी प्रहरीले दाङको तुलसिपुर लगेको कपुरकोट प्रहरी चौकीका प्रहरी हवल्दार लक्ष्मण भुसालले जानकारि दिए । 

कपुरकोट तल्लो बजार स्थीत उकालो सडक छेउँमा रोकिएको रा १ ख ९३९ नम्बरको मिनि ट्रक स्टार्ट नभएपछि चालकले व्याकमा स्टार्ट गर्न खोजेका थिए । तर व्याकमा पनि स्टार्ट नभएको र ब्रेक पनि नलागेकाले पछाडीबाट आइरहेको रा ३ प ८५९६ नम्बरको मोटरसाइकललाइ ट्रकको पछाडीको भागले ठक्कर दिएको थियो । ठक्कर दिने मिनी ट्रक र चालक तुल्सीराम घर्तीलाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!