जुम्लामा विमाको सुविधा नपाएको गुनासो

Posted on: 06 Mar, 2018

फागुन २२, जुम्ला | नेपाल सरकारले स्वास्थ्य विमा गरे वाफत विमित व्यक्तिलाई दिने स्वास्थ्य सुविधा नदिएको भन्दै जुम्लाका स्वास्थ्य विमा गरेका ब्यक्तिले गुनासो गरेका छन् । पाँच जना सदस्य भएको घर परिवारले २५ सय रुपैयाँ स्वास्थ्य विमा गरे वाफत पाउने सेवा नपाएका नागरिकले गुनासो गरेका हुन् ।  

स्वास्थ्य विमा गरे वाफत पाउने  ५० हजारसम्मको उपचार खर्च र ९ सय २८ प्रकारको औषधी पाउने सुविधा भए पनि सिटामोल मात्र दिएर पठाउने गरेको बिमित ब्यक्तिले बताएका छन् । नेपाल सरकारले स्वास्थ्य विमा कार्यक्रम जुम्लामा लागु गरेको साउन देखि यता ११ हजार १ जनाले विमा गरेको छन भने २ हजार ८ सय ६६ जना विमित ब्यक्तिले स्वास्थ्य सुविधा लिएको बताइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!