कालिकोटमा महिला दिवसमा र्याली र सभा

Posted on: 08 Mar, 2018

फागुन २४, कालिकोट | १ सय ८ औ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा कालीकोटमा र्याली र सभा गरि मनाइएको छ । कालीकोट सदरमुकाम मान्ममा महिला अधिकार सम्बद्ध संघ संस्था तथा स्थानीय सरकारको अगुवाईमा र्याली निकालिएको थियो  । पञ्चेबाजासहितको र्याली जिरो प्वाइन्टदेखी प्रतिमा चौक परिक्रमा पछि जिल्ला समन्वय समितिको खुला मञ्चमा पुगेर सभा गरिएको थियो ।

जिल्ला समन्वय समितिका उपप्रमुख लक्ष्मी बिष्ट नेपालीको अध्यक्षता तथा खाँडाचक्र नगरपालिका प्रमुख जसीप्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा खाँडाचक्र नगरपालिकाकी उपप्रमूख बिजया बिष्ट, निमित्त प्रमुख जिल्ला अधिकारी राजकुमार दुलाल, डिएपी सुबासचन्द्र बोहोरा लगायतका सरोकारवालाहरुको पनि उपस्थिति रहेको थियो । आर्थिक शसक्तिकरणसहितको सामाजिक जागरण, ग्रामीण तथा शहरी महिलाको जीवनस्तर रुपान्तरण भन्ने नारासहित बजारमा महिलाहरुले महिला पुरुष समान ज्यालाको सुनिश्चितता, पैतृक सम्पत्तीमा महिलाको अधिकार, छोरा छोरी समान अवसर लगायतका नाराबाजी पनि गरेका छन् ।


कार्यक्रम अघि राजनीतिक दल सम्बद्ध महिलाहरुलाई खवर नगरेको भन्दै महिला नेतृहरुले दुखेसो पोखेका छन् । सरकारी तवरबाट मनाइएको दिवसमा महिला अधिकारकर्मी तथा राजनीतिक दल सम्बद्ध संगठनका महिलाहरु नबोलाइएको बिषयमा केहीबेर भनाभन समेत भएको थियो । १ सय ८ औ अन्तराष्ट्रिय महिला दिवसका अवसरमा आयोजित कार्यक्रमको अगुवाई गरेको महिला तथा बालबालिका कार्यालयले कार्यक्रमका लागि निमन्त्रणानदिएको भन्दै महिला नेतृहरुले विरोध जनाएपछि केही समय विवाद भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!