नवलपरासीमा भारतबाट भित्रिदै गरेको २ हजार बराबरको कुखुराको चल्ला नियन्त्रणमा

Posted on: 14 Mar, 2018

श्याम थापा/फागुन ३०, नवलपरासी। नवलपरासी जिल्लाकाे दक्षिणी सिमावर्ती क्षेत्र प्रतापपुर गाउपालिकाकाे वडा नं. ५ धरमौली गाउँबाट गएराति सशस्त्र प्रहरीले भारतबाट अवैद  भित्र्याउदै गरेकाे २ हजार ५ सय गाेटा कुखराकाे बच्चा नियन्त्रणमा लिएको छ ।


 कुखुराको बच्चा तस्करहरु भने  फरार भएका छन । सक्रिय  बन्दै गएकाे सशस्त्र प्रहरी सुराकिकाे आधारमा सशस्त्र प्रहरी निरीक्षक तेजबहादुर बुढाथाेकीकाे नेतृत्वमा खटिएकाे गस्तीटाेलीले साे चल्ला गएराती नियन्त्रणमा लिएकाे हाे ।

प्रहरीलाई देखेर तस्करहरु कुखुराको चल्ला गेहुबालीमा फ्याकेर भागेकाे प्रहरी निरिक्षक बुढाथाेकीले बताउनुभयाे। नियन्त्रणमा लिइएकाे साे चल्ला आज स्थानियबासिन्दा, पत्रकार, सुरक्षाकर्मी तथा महेशपुरका पशु क्वारेनटाईन चेक पाेस्टका अधिकृत खडग बहादुर सिंहको राेहबरमा नष्ट गरिएकाे छ । 

जिल्लाकाे पकलिहवा, गुठिप्रसाैनी, बसहिया, भुजहवा, महेशपुर र गेर्मी लगायतका नाकाबाट भारतीय कुखुराकाे चल्ला नेपाल भित्रिदै आएकाे स्राेतकाे दाबी छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!