पर्यटन सेवा केन्द्र स्थापना लागि जग्गा प्रदान

Posted on: 21 Mar, 2018

नन्द बहादुर रोकाया | चैत ७, मुगु | छायाँनाथ रारा नगरपालीका वडा नं ३ का चारजना जग्गा धनिले पर्यटन सेवा केन्द्र स्थापाना का लागी पर्यटन सेवा केन्द लाई निशल्क रुपमा  जग्गा प्रधान गरेका छन । 

रारा जाने मुख्य प्रवेशद्धारा लामाचौरमा पर्यटन सेवा केन्द्रको निमार्ण गर्नुपर्ने आबश्यकता देखिएकाले छायाँनाथ रारा नगरपालीका वडा नं ३  र पर्यटन सेवा केन्द मुगु्रको आग्रहमा उहाँहरुले १०८ वर्ग मिटर जग्गा निशुल्क प्रधान गरेका हुन । जग्गा प्रधान गर्नेमा छायाँनाथ रारा नगरपालीका वडा नं ३ का काली बहादुर रोकाया,कर्ण बहादुर रोकाया, काला रोकाया,र दिपक रोकाया रहेका छन । 

रारा आउने आन्तरिक तथा बाह्यपर्यटकको सेवाका लागी लामाचौरमा पर्यटक सेवा केन्द्र स्थापाना गर्न वडापालीका र पर्यटन सेवा केन्दरुले आग्रह गरे संगै आफुले रारा आउने पर्यटनको समस्या लाई मध्यनजर गदै पर्यटकको सेवा सुविधाका लागी रारा जाने मुख्य बाटोमै रहेको भुमिदान गरेको जग्गा दाताहरुले बताएका छन । जग्गा धनिले सोमबार मालपोत कार्यलय बाट किर्ताकाट गरी पर्यटन समितीलाई पाँचस हजार बराबरको जग्गा नि शुल्क रुपमा जग्गा प्रधाना गरेका छायाँनाथ रारा नगरपालीका वडा नं ३ का वडाअध्यक्ष नर बहादर रावलले जानकारी दिनुभयो । 

जग्गा प्रधान गर्ने चारैजना जग्गा दाता लाई पर्यटन सेवा केन्द्र समिति तथा वडापालीकाको तर्फ बा धन्यवाद प्रकट गरीएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!