समाज सुधार्न सबै लाग्नुपर्नेमा जोड

Posted on: 01 Apr, 2018

नरी बडु | चैत्र १८, बैतडी | समाजमा विद्यमान कुरीति, कुसंस्कार र अपराध हटाउन सबै लाग्नुपर्नेमा एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् । 

सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्र बैतडीको संयुक्त आयोजनामा जिल्ला सदरमुकाम शाहिलेकमा गरिएको सचेतनामुलक कार्यक्रमका सहभागिहरुले यस्तो जोड दिएका हुन् । बैतडीको समाजमा विद्यमान बालविवाह महिला हिंसा र जातीय विभेद अन्त्य गर्न समाजका हरेक व्यक्तिको उतिक्कै भुमिका हुने जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक हेरम्ब शर्माको भनाई छ । “एउटाको प्रयासले मात्रै समाजमा जडो गाडेका कुप्रथा र अपराध घटनाउ सकिदैन यस्को लागि सबैको साथ चाहिन्छ ।” उनले भने । 


प्रहरीले ‘प्रहरी मेरो साथी’, ‘मुस्कान सहितको प्रहरी सेवा’ लगायतका माध्यमबाट पनि जनता संग नजिक भएर काम गरीरहेको उहाँको भनाई छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिद्धराज जोशीले सुदूरपश्चिमको डेउडा गीतमार्फत सचेतना सन्देश दिएका थिए । बालविबाह विद्यमान रहेको जिल्लामा अहिलेसम्म एउटा पनि उजुरी दर्ता नहुनु दुखको कुरा भएको उनको भनाई छ । समाजमा रहेका कुसंस्कृती, कुसंस्कार र कानून विपरित कामहरु नियन्त्रण गरि शान्ति सुव्यवस्था कायम र जनताका हरेक गुनासो सम्बोधन गर्न जिल्ला प्रशासन कार्यालय तयार रहेको उनको भनाई छ । 

कार्यक्रममा सहभागि अन्य वक्ताहरुले पनि बालविबाह, घरेलु हिंसा त्यसमा पनि जाँडरक्सी सेवनका कारण हुने हिंसा लगायतका विषयमा आ–आफ्नो धारणा राखेको सामुदायिक सेवा केन्द्रका सचिव रमेस कोलीले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!