तीन दिनमा एक दिनमात्र बिजुली स्थानिय बासी मर्कामा

Posted on: 08 Apr, 2018

टेकेन्द्र बोहरा | चैत २५, बझाङ । बझाङ सदरमुकाम चैनपुरमा विद्युत् तिन दिनको एक पटकमात्र बिजुली आउदा स्थानीय समस्यामा परेका छन् ।

जिल्लाकै मुख्य व्यापारिक केन्द्र मानिने चैनपुरमा तीन दिनमा एक दिनमात्र बिजुली आउने गरेको स्थानीबासी जोग कठायतले  बताएका छन् ।

सदरमुकाम चैनपुर र आसपासका बजारहरुमा नियमित विद्युत् आपूर्ति नहुँदा उद्योगी, व्यापारी र विद्यार्थी सबैभन्दा बढी मारमा परेका छन् ।

२०४५ सालमा निर्माण गरिएको यो विद्युत् आयोजना जापान सहयोग नियोगको अनुदान सहयोगमा एक वर्ष अघिमात्र मर्मत गरिएको थियो । आयोजना मर्मत गर्न ८५ करोड रुपैयाँ खर्च गरिएको थियो ।

खोलको पानीको सतह घटेकाले नियमित विद्युत् आपूर्ति गर्न नसकिएको सुर्मादेवी विद्युत् प्रालिले जनाएको छ । २ सय किलोवाट क्षमता भए पनि पानी नभएका कारण अहिले आयोजनाबाट ६५ किलोवाट मात्र विद्युत् उत्पादन भइरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!