नवलपुरमा ९ महीनामा १३१ दुर्घटना, ४९ जनाको मृत्यु

Posted on: 16 Apr, 2018

कमला राना | बैशाख ३, नवलपुर | नवलपरासीको बर्दघाट सुस्ता पुर्व नवलपुरमा गत आर्थिक वर्ष २०७४ । ०७५ को श्रावण महीना देखि चैत्र सम्म ९ महिनाको अवधीमा विभिन्न सवारी साधन दुर्घटनामा परी ४९ जनाको मृत्यु भएको छ । 

असार महीना देखि चैत्र महिनामा नवलपुर क्षेत्रमा १३१ वटा सवारी साधन दुर्घटनामा परी ४९ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरको तथ्यांकमा रहेको छ । 

सवारी साधन दुर्घटनामा परी नवलपुर क्षेत्रमा सबैभन्दा बढि असोज महिनामा मृत्यु भएको छ ।  श्रावण महिनामा ४ जना, भदौ महिनामा ४ जना असोज महिनामा ८ जना, कार्तिक महीनामा ५ जना मसिरमा ७ पुस महीनामा ५ जना माघमा ७ फागुन महिनामा ५ जना र चैच महिनामा ४ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ ।

यसैगरी ६७ जना गम्भीर घाइते भएका छन जसमा ४९ जना पुरुष १६ जना महिला,  र २ जना बालक रहेका छन भने १६ जना समान्य घाइते भएका छन जसमा १४ जना पुरुष र २ जना बालिका रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जानकारी दीएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!