रुपन्देहीको वृन्दावनमा एक किशोरी मृतावस्थामा फेला

Posted on: 17 Apr, 2018

वैशाख ४ रुपन्देही | रुपन्देहीको ओमसतिया गाउँपालिका–६ स्थित वृन्दावनमा आज १५ वर्षीया एक किशोरी मृतावस्थामा फेला परेकी छन् । 

सोमबार बेलुकादेखि हराइरहेकी उनी घरबाट डेढ मिटर टाढा खेतमा मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो । 

“उनको घाँटी थिचेर हत्या भएको हुन सक्ने आशङ्का छ तर विस्तृत विवरण शव परीक्षणपछि आउला”, उहाँले भन्नुभयो । घटनाको थप अनुसन्धान भइरहेको बताइएको छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!